
काठमाडौं । नेपालले २०७७ देखि २०८१ सम्म सवारी साधनको आयात र त्यसबाट संकलित भन्सार राजस्वमा उतारचढाव देखिएको छ। भन्सार विभागको तथ्यांक अनुसार, सवारी साधनको आयात रकममा गिरावट देखिए पनि राजस्व संकलन अनुपात भने सन्तोषजनक देखिएको छ।
२०७७/७८ मा सवारी आयातबाट ९२% राजस्व संकलन भएको थियो। २०७८/७९ मा यो अनुपात ९१% मा झरे पनि उच्च रह्यो। तर, २०७९/८० मा आयात घटेसँगै राजस्व संकलन अनुपात ६४% मा खस्किएको देखिन्छ।
यो गिरावटपछि २०८०/८१ मा सुधार हुँदै राजस्व संकलन अनुपात ६८% मा पुगेको छ। यद्यपि आयात रकम अघिल्ला वर्षहरूसँग तुलना गर्दा कम नै रहेको देखिन्छ। २०७९/८० मा देखिएको गिरावटको मुख्य कारण आर्थिक मन्दी, आयात नीतिमा कडाई र विद्युतीय सवारीतर्फको स्थानान्तरण रहेको बताइन्छ।
२०७७/७८ र २०७८/७९ मा सवारी आयात र राजस्व संकलन दुवै उच्च देखिए पनि त्यसपछिका वर्षहरूमा विश्वव्यापी आर्थिक अवस्था, विदेशी मुद्रा सञ्चिति संकट, र सरकारले लिएको आयात नियन्त्रण नीतिका कारण प्रभाव परेको हो।
२०८१/८२ मा भने सवारी आयात घट्दा पनि करिब ८४% राजस्व संकलन अनुपात कायम रहेको देखिन्छ, जुन पुनः सुधारको संकेतक हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे