
काठमाडौँ, चैत ५ । सांसद राजीव गुरुङ ‘दीपक मनाङे ’ गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री नियुक्त भएका छन्। उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नियुक्त गरेका हन् । उनले एकीकृत समाजवादी पार्टी त्यागेर स्वतन्त्र हैसियतमा रहेको दाबी गरेका दीपक मनाङेलाई समेत समेटेर मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् ।
भौतिक पूर्वाधारमा यसअघि भौतिक पूर्वाधार मन्त्री माओवादी केन्द्रकी रेशम जुग्जाली रहेकी थिइन् । मनाङबाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएर सर्वसम्मत निर्वाचित भएपछि मनाङे नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका थिए।
मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद पुनर्गठन सम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइसकेको र नवनियुक्त मन्त्रीको शपथ आज दिउँसो ३ बजे राखिएको एक नेताले जानकारी दिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे