
इटहरी ।कोशी प्रदेश सरकारले प्रदेशभित्रका स्थानीय तहहरूलाई २२ करोड रुपैंयाको वित्त हस्तान्तरण गर्ने निर्णय गरिसकेको छ। आइतवार बसेको मन्त्रीपरिषद्को बैठकमा सो निर्णय भएको हो।
प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री रेवतिरमण भण्डारीले जानकारी गराएअनुसार, यस आर्थिक वर्षमै स्वीकृत योजनाहरू सम्पन्न गर्न उक्त रकम बराबरको वित्त हस्तान्तरण गरिनेछ।
त्यसैगरी, बैठकले विपद् व्यवस्थापन नियमावली, २०८२ लाई अध्ययनका लागि समितिमा पठाउने निर्णय पनि गरिसकेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे