
काठमाडौँ २४ जेठ | काठमाडौंको दक्षिणकाली नगरपालिका ८ मा २ जनाको शव फेला परेको छ । सडकबाट करिब दुई सय मिटर तल भीरमा एक महिला र पुरुषको शव भेटिएको हो ।
शव नजिकै बागमती प्र ०३(०२(००७ प ३८१२ नम्बरको मोटरसाइकल पनि भेटिएकाले उनीहरू दुर्घटनामा परेका हुन सक्ने प्रहरीले बताएको छ । धादिङ सिद्धले गाउँपालिका वडा नम्बर ५ घर भई भक्तपुर बस्ने ४२ वर्षीय रामचन्द्र खनाल र चाँगुनारायण वडा नम्बर ५ बस्ने ३२ वर्षीया सरिता राई मृत फेला परेको प्रहरीले जनाएको छ।
मुत्यु हुनेमा धादिङ सिद्धले गाउँपालिका वडा नम्बर ५ घर भई भक्तपुर बस्ने ४२ वर्षीय रामचन्द्र खनाल र चाँगुनारायण वडा नम्बर ५ बस्ने ३२ वर्षीया सरिता राई रहेका छन् । बुधबार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाका बारेमा प्रहरी प्रभाग फर्पिङ ले अनुसन्धान गरिरहेको जनाइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे