
काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले साउन १५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ (प्राथमिक सेयर) निष्कासन गर्न लागेको छ।
यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरी सेयर बाँडफाँट गरिसकेको थियो।
कम्पनीले कुल १ अर्ब ३ करोड ५ लाख रुपैयाँ जारी पुँजीमध्ये ३८.३३ प्रतिशत अर्थात ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको हो।
अघिल्लो चरणमा, १० लाख ३० हजार ५०० कित्ता सेयर आयोजना प्रभावित स्थानीय बासिन्दा र २ लाख ९१ हजार ९५० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन तथा बाँडफाँट गरिसकिएको छ।
त्यसैगरी, कम्पनीले ५८ हजार ३९० कित्ता सेयर आफ्ना कर्मचारीहरूका लागि र १ लाख ४५ हजार ९७५ कित्ता सामूहिक लगानी कोषहरूका लागि आरक्षित गरी वितरण गरिसकेको छ।
अब कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि २४ लाख २३ हजार १८५ कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो, जसको कुल मूल्य २४ करोड २३ लाख १८ हजार ५०० रुपैयाँ बराबर हुनेछ। एक सेयरको दर १०० रुपैयाँ तोकिएको छ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता सम्म आवेदन दिन सकिनेछ। सेयर निष्कासन साउन १९ गते छिटोमा र साउन २९ गते ढिलोमा बन्द हुने जनाएको छ।
उक्त सेयर निष्कासन तथा बिक्री प्रवन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेड ले लिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे