
काठमाडौँ, ५ वैशाख — पर्सा जिल्लाको वीरगञ्ज महानगर क्षेत्रमा लगाइएको निषेधाज्ञा आज बिहानदेखि हटाइएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले बिहीबार बिहान ७ बजेदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो।
पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगञ्ज क्षेत्रको शान्ति सुरक्षा अवस्था सामान्य भइसकेको निष्कर्ष निकाल्दै निषेधाज्ञा हटाउने निर्णय गरेको हो।
प्रजिअ अर्यालले वैशाख १ गतेदेखि लागू गरिएको निषेधाज्ञाको आवश्यकता अब नरहेको बताउँदै जिल्लाको समग्र अवस्था सामान्य रहेकाले निषेधाज्ञा हटाइएको जानकारी दिए। पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले बुधबार दिउँसोदेखि वीरगञ्जको अवस्था सामान्य हुँदै गएको र स्थिति नियन्त्रणमा रहेको बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे