
काठमाडौँ ,३१ चैत । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२ बजेसम्म थप गरेको छ । दुई समुदायबीच झडप भएपछि शनिबार साँझ ७ः३० बजेदेखि आइतबार दिउँसो १२ बजेसम्म कर्फ्यु लगाइएको थियो । स्थिति अझै सामान्य बनेको निष्कर्षसहित प्रशासनले आज चैत ३१ गते राति १२ बजेसम्म कर्फ्यु जारी राख्ने निर्णय गरेको हो ।
कफ्र्यू लागू गरिएको क्षेत्र पूर्वतर्फ भेडियाही चौक ९वीरगञ्ज(१५० देखि पश्चिमतर्फ सिर्सिया पुल ९वीरगञ्ज(२५० सम्म फैलिएको छ। यस्तै, उत्तरमा गण्डक चोकदेखि वीरगञ्ज(१४ र दक्षिणतर्फ शङ्कराचार्य गेट ९वीरगञ्ज(१६० सम्म कफ्र्यू लागू गरिएको प्रशासनले जनाएको छ। उक्त निर्णय हनुमान जयन्तीको शोभायात्राका क्रममा दुई समुदायबीच भएको झडपपछि सुरक्षा अवस्थालाई नियन्त्रणमा लिन गरिएको हो।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे