
काठमाडौँ, कात्तिक २१ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । एमालेले कात्तिक २४ गतेका लागि सचिवालय बैठक आह्वान गरेको हो । बैठकको मुख्य एजेण्डा नजिकिँदै गरेको स्थानीय तहको उपचुनाव हुनुका साथै पछिल्लो समयमा विकसित समसामयिक राजनीतिक विषय लगायतमा छलफल हुने कार्यालयले जनाएको छ ।
स्थानीय उपनिर्वाचनको तयारी र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । एमालेले कात्तिक २२ भित्र उपनिर्वाचन हुने स्थानमा उम्मेदवार सिफारिस गरिसक्न निर्देशन दिइसकेको छ ।
मेयर, उपमेयर, अध्यक्ष उपाध्यक्ष र महानगरको वडाध्यक्षका उम्मेदवार प्रदेश र नगरपालिका र गाउँपालिकाका वडाध्यक्षका उम्मेदवार जिल्ला कमिटीलाई छनोट गर्ने अख्तियारी दिएको छ । जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ ।
निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलालीका जिल्ला समन्वय समिति प्रमुख, काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, मोरङ¬को ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष, दोलखाको गौरीशङ्कर गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे