
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।
बुधवार श्रेष्ठलाई भेट्न विप्लव हात्तिवन स्थित निवास मै पुगेका हुन् । उनीहरु बिच एमसीसी र अन्य राजनितिक विषयमा छलफल भएको बुझिएको छ ।
पछिल्लो समय अमेरिकी सहयोग मिलिनियम कर्पौरेशन च्यालेन्ज (एमसिसि) को पक्ष विपक्षमा विभिन्न पार्टीका नेताहरु पास गर्नै र संसोधन गरेर मात्र पास गर्नु पर्छ भन्दै आएकाहरु दुई कित्तामा विभाजन भएका छन् ।
गठबन्धनको एउटा घटका माओवादी केन्द्र पहिला एमसिसि संसोधन सहित संसदमा टेबुल गर्नूपर्नै अडान राखेपनि पछि ब्याख्यात्मक टिप्पणी गर्नै सहमतिमा संसदबाट अनुमोदन गर्नै निर्णय गरेको थियो । यो निर्णयसँगै माओवादीका वरिष्ठ नेता नारायाणकाजी श्रेष्ठ र गिरिराजमणी पोखरेलले यसको विरोध गरेका थिए । योसँगै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ बिच सम्बन्ध चिसिएको छ ।
यता विप्लव समुहको नेकपा एमसिसि कुनै पनि हालतमा नेपालमा लागु नगर्नै पुर्ववत अडानमा छ । उसले सडकमा यसको विरोध जनाउदै आएको छ भने विरोधका कार्यक्रमहरु पनि सार्वजनिक गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे