
काठमाडौँ, ३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्लाह अल शम्सीले शिष्टाचार भेट गरेका छन्।
प्रधानमन्त्री निवासमा आज भएको भेटमा राजदूत शम्सीले आगामी फेब्रुअरीको दोस्रो साता दुबईमा आयोजना हुने ‘वर्ल्ड गभरमेन्ट्स समिट’ मा भाग लिन युएईका उपराष्ट्रपति र प्रधानमन्त्री मोहम्मद बिन रसिद अल माक्टुमले पठाउनुभएको निमन्त्रणापत्र प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेका छन्।
यस भेटमा, दुई देशबीचको द्विपक्षीय सम्बन्ध र आपसी हितका विभिन्न पक्षहरूमा छलफल गरिएको थियो। साथै, यसअघि भएका द्विपक्षीय सम्झौताहरूको प्रभावकारी कार्यान्वयन र भविष्यमा व्यापार, लगानी, कृषि, जलविद्युत् र पर्यटन प्रवर्धनका विषयमा पनि विचार विनिमय भएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे