
काठमाडौं, पुस २५ । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला अदालत कास्कीले बिहीबार थुनछेक बहसपछि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । जिल्ला न्यायाधीश नीतिज राईको इजलासले पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
अब लामिछानेले अब बाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्न पाउनेछन् । लामिछानेले गोरखा मिडियाको पूर्वप्रबन्ध निर्देशक र सेयर सदस्यको रूपमा सूर्यदर्शन सहकारीका बचत रकममा अपचलन गरेको आरोप छ। कास्की प्रहरीको हिरासतमा अन्य केही प्रतिवादीहरू छन्, र उनीहरू माथि संगठित अपराध र सम्पत्ति शुद्धीकरणका आरोप पनि छन्। सरकारी वकिलको कार्यालयले अब ६३ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ र एक अर्ब ५१ करोड रुपियाँको बिगो माग गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे