
काठमाडौँ ।नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार भएको आरोपमा टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम प्रबन्ध निर्देशक पहाडी, पूर्व मुख्यसचिव बैकुण्ठ अर्यालसहित १८ जनालाई विशेष अदालतमा प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको हो।
विशेष अदालतका सूचना अधिकारी यज्ञराज अधिकारीका अनुसार, मुद्दामा ३३ करोड ४८ लाख १७ हजार ४३० रूपैयाँ बिगो कायम गरिएको छ।
प्रतिवादीहरूमा को–को ?
यस प्रकरणमा पूर्व मुख्यसचिव बैकुण्ठ अर्यालसँगै, नेपाल टेलिकमका पूर्व महाप्रबन्धक विजयकुमार पौडेल, प्राविधिक प्रमुख प्रतिभा श्रेष्ठ, र अन्य अधिकारी तथा कर्मचारीहरूसमेत प्रतिवादी बनाइएका छन्।
के हो आरोप ?
बिलिङ प्रणालीको मर्मत सम्भार तथा सञ्चालन ठेक्का लम्ब्याउने क्रममा कानुन र प्रक्रिया विपरीत काम गरी राज्यलाई आर्थिक हानि पुर्याएको भन्दै अख्तियारले उनीहरूमाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो।
अख्तियारले अनियमितता तथा आर्थिक हिनामिना गरेको ठहर गर्दै सम्बन्धित अधिकारीहरूमाथि कारबाही अघि बढाएको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे