
काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली समूहसँग सम्बन्धित जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता भएको भन्दै पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालसहित अन्य जिम्मेवार पक्षहरूविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका एक उच्च स्रोतका अनुसार केहीबेरअघि विशेष अदालतमा उक्त मुद्दा दर्ता गरिएको हो। यो नेपालको राजनीतिक इतिहासमा पहिलोपटक हो जब कुनै पूर्वप्रधानमन्त्रीविरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्दा दर्ता गरिएको छ।
यसैगरी, मन्त्रिपरिषद्को निर्णय प्रक्रियालाई लिएर भ्रष्टाचार मुद्दा अघि बढाइएको यो पहिलोपटक भएकोसमेत अख्तियार स्रोतले जनाएको छ।
पतञ्जलीसँगको सरकारी जग्गा सट्टापट्टाको निर्णयमा पूर्वप्रधानमन्त्रीको संलग्नता, जिम्मेवारी, र निर्णय प्रक्रियामै अनियमितता भएको प्रारम्भिक निष्कर्षपछि अख्तियारले मुद्दा दायर गरेको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे