
काठमाडौँ — टेरामक्स नामक प्रविधि खरिद गर्दा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री तथा कांग्रेस सांसद मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
नेपाल दूरसञ्चार प्राधिकरणका लागि यो प्रविधि किन्ने क्रममा नियमविपरीत काम भएको भन्दै अख्तियारले छानबिन गरेको हो। प्राधिकरणले पठाएको प्रस्तावमा टेरामक्सको उल्लेख नै नभएको अवस्थामा, तत्कालीन सूचना तथा सञ्चार प्रविधि मन्त्री रहेका बस्नेतले आफ्नो अधिकार नहुँदा-नहुँदै त्यसलाई अघि बढाउन निर्देशन दिएको अख्तियारको आरोप छ।
अख्तियारका अनुसार यो प्रक्रियाबाट सरकारी ढुकुटीलाई ३ अर्ब २१ करोड रुपैयाँभन्दा बढीको नोक्सानी भएको छ। यही आधारमा बस्नेतसहित १६ जनालाई दोषी देखाउँदै विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो।
यो प्रकरणमा संलग्न भनिएका अन्य व्यक्ति सरकारी कर्मचारी, प्राधिकरणका अधिकारी र ठेक्का प्रक्रियासँग जोडिएका रहेका छन्। अख्तियारले सबैविरुद्ध भ्रष्टाचार गरेको आरोपमा कडा कानुनी कारबाहीको माग गर्दै अदालतमा मुद्दा चलाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे