
काठमाडौँ , १० जेठ | सहकारी ठगी छानबिन गर्ने संसदीय समितिको क्षेत्राधिकार तय गर्न कार्यदलको बैठक आज बस्दैछ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय सिहंदरबारमा आज दिउँसो ३ बजे बैठक बस्ने तय भएको छ ।
सत्ता पक्ष र प्रतिपक्ष दलका प्रतिनिधिहरूबीच कार्यदेशमा सहमति जुट्न नसक्दा यसअघिका बैठकहरू निष्कर्षबिहीन बनेका छन्। प्रमुख प्रतिपक्षी दलले सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै मुछिएकाले नाम उल्लेख गरेर क्षेत्राधिकार तय गर्नुपर्ने बताउँदै आएको छ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा कांग्रेसका सांसद जीवन परियार, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला र रास्वपा सांसद शिशिर खनाल सदस्य छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे