• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन २०, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अमेरिकी दूतावासका कर्मचारी र परिवारलाई सुरक्षा कारण, पाकिस्तान छोड्न निर्देशन

४९ मिनेट अघि
२

मतदान सुरक्षा र व्यवस्थापनबारे आयोगले पत्रकार सम्मेलन गर्दै

१ घण्टा अघि
३

सर्वोच्च नेताको निधनपछि मोज्तबा खामेनी उत्तराधिकारी

१ घण्टा अघि
४

निर्वाचन सुरक्षाबारे राष्ट्रिय सुरक्षा परिषद्को बैठक ३ बजे बस्ने

१ घण्टा अघि
५

सार्वजनिक खरिदमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न पहल आवश्यक

२ घण्टा अघि
६

निर्वाचन लक्षित हिंसात्मक गतिविधि,शङ्कास्पद वस्तु नियन्त्रण,देशभर १७६जना भन्दा बढी पक्राउ

४ घण्टा अघि
७

राष्ट्रिय सतर्कता केन्द्रको उजुरी व्यवस्थापन र प्राविधिक परीक्षण मूल्याङ्कन

८ घण्टा अघि
८

कालोसूचीमा राखिएका फर्म र अदालतको अन्तरिम आदेश

१ दिन अघि
९

हेल्लो सरकारमार्फत गुनासो संख्यामा वृद्धि, अनुगमन कमजोर देखियो

१ दिन अघि
१०

नागरिक लगानी कोष र एक्सेल डेभलपमेन्ट बैंकबीच व्यवस्थापन समझदारी

१ दिन अघि
११

सार्क सांस्कृतिक केन्द्रमा उपनिर्देशक पदका लागि आवेदन आह्वान

१ दिन अघि
१२

प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि के के गर्न पाइँदैन ?

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

७ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
११

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
प्रकाशित मिति: २०८२ पौष २३, बुधबार (१ महिना अघि)

भ्रामक विज्ञापन र कालोबजारीविरुद्ध कडाइ,अनुचित व्यापारिक गतिविधिको श्रेणीमा

  • 2,106 Views
  • काठमाण्डौ। उपभोक्ता हितको संरक्षण र बजार अनुशासन कायम गर्न कानुनले अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलापलाई पूर्ण रूपमा निषेध गरेको छ। पररच्छेद (४) अन्तर्गत समेटिएका निषेधित कामहरू अनुसार कुनै पनि व्यक्ति, फर्म वा संस्थाले उपभोक्तालाई ठग्ने, भ्रममा पार्ने वा प्रतिस्पर्धालाई अवरोध गर्ने किसिमका गतिविधि गर्न वा गराउन नपाउने स्पष्ट व्यवस्था गरिएको छ। कानुनले कुनै पनि व्यक्ति वा संस्थालाई अनुचित व्यापारिक तथा व्यवसायजन्य गतिविधि गर्न वा गराउन पूर्ण रूपमा निषेध गरेको छ। वस्तु वा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य, नापतौल, बनावट वा संरचनाबारे ढाँट्ने, लुकाउने, झुक्याउने वा भ्रामक तरिकाले बिक्री तथा सेवा प्रदान गर्ने कार्यलाई गैरकानुनी मानिएको छ। यसैगरी झुटा वा भ्रमपूर्ण विज्ञापनमार्फत उपभोक्तालाई आकर्षित गर्ने कार्यलाई पनि अनुचित व्यापारिक गतिविधिको श्रेणीमा राखिएको छ।

    कानुनी व्यवस्थाअनुसार पुराना वा पुनर्निर्मित वस्तुलाई नयाँ भनी बिक्री गर्ने, पुष्टि नभएका फाइदाको दाबी गर्दै वस्तु वा सेवा बिक्री गर्ने, वा वैज्ञानिक आधारबिना उपभोगबाट फाइदा हुने भनी प्रचार गर्ने कार्य दण्डनीय मानिन्छ। वास्तविक लागतभन्दा फरक आधारमा उपभोक्तामाथि अतिरिक्त आर्थिक भार पर्ने गरी मूल्य निर्धारण गर्ने, उपहार वा निःशुल्क वस्तुको लागत समेटेर मूल्य तोक्ने तथा तोकिएको गुणस्तरभन्दा कम वा बढी स्तरको वस्तु उत्पादन, भण्डारण, ओसारपसार वा बिक्री गर्ने कार्यलाई पनि प्रतिबन्ध गरिएको छ।

    यसैगरी कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, नक्कली वा गुणस्तरहीन वस्तु उत्पादन तथा पैठारी गर्ने, उपभोग म्याद सकिएको वस्तुमा नयाँ लेबल टाँसेर बिक्री गर्ने, बिल वा रसिद दिन अस्वीकार गर्ने, वा सेवाको मूल्य, गुणस्तर, स्थान र समय स्पष्ट नगरी सेवा प्रदान गर्ने कार्यलाई अनुचित ठहर गरिएको छ। उपभोक्ताको स्वास्थ्य, सुरक्षा र आर्थिक हितमा क्षति पुग्ने कुनै पनि किसिमका व्यापारिक गतिविधि नियन्त्रण गर्न सरकारले कडा निगरानी र कारबाही प्रक्रिया अपनाउने स्पष्ट गरेको छ।

    उपभोक्ता अधिकार हनन गर्नेमाथि दण्ड सजाय 

    उपभोक्ता संरक्षण ऐनअन्तर्गत तोकिएका कसुर गरेमा वा गराएमा कसुरको गम्भीरता हेरी सजाय तोकिने व्यवस्था गरिएको छ। ऐनअनुसार यस्ता कसुरको कारबाही तथा सजाय सम्बन्धित विभागका महानिर्देशकले गर्न सक्ने कानुनी प्रावधान छ। यसले उपभोक्ता अधिकार हनन गर्ने कार्यलाई नियन्त्रण गर्दै बजार अनुशासन कायम गर्ने उद्देश्य छ।

    दफा ३८ को केही खण्ड उल्लङ्घन गरी कसुर गरेमा तीन महिनादेखि छ महिनासम्म कैद, पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ। यस्तै, गम्भीर प्रकृतिका कसुरमा तीन महिनादेखि एक वर्षसम्म कैद वा एक लाखदेखि तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजायको प्रावधान राखिएको छ।

    अन्य खण्डअनुसारका कसुरमा पनि तीन महिनादेखि छ महिनासम्म कैद वा पचास हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था गरिएको छ। विभागका महानिर्देशकले गरेको निर्णयप्रति चित्त नबुझेमा सम्बन्धित पक्षले पैंतीस दिनभित्र सम्बन्धित जिल्ला अदालतमा पुनरावेदन गर्न सक्ने अधिकार पनि ऐनले दिएको छ।

    यसैगरी, गम्भीर उल्लङ्घनका कसुरमा दुई वर्षदेखि पाँच वर्षसम्म कैद र तीन लाखदेखि छ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ। ऐन वा यसअन्तर्गत बनेका नियम विपरीत अन्य कुनै कार्य वा कारबाही गरेमा पनि दुई वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने स्पष्ट प्रावधान राखिएको छ। यस व्यवस्थाबाट उपभोक्ता अधिकार संरक्षणलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

    उपभोक्ता संरक्षण परिषद् : नीति निर्माणदेखि कार्यान्वयनसम्म

    यदि कुनै सदस्यले उपभोक्ताको हकहितविरुद्ध कार्य गरेमा वा परिषद्को कर्तव्य र अधिकार विपरीत आचरण देखाएमा मन्त्रालयले जुनसुकै समयमा त्यस्तो सदस्यलाई पदबाट हटाउन सक्ने व्यवस्था पनि कानुनमा स्पष्ट रूपमा उल्लेख

    उपभोक्ताको अधिकार संरक्षण तथा सोसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनका लागि पररच्छेद (६) अन्तर्गत उपभोक्ता संरक्षण परिषद् गठन गरिने व्यवस्था गरिएको छ। परिषद्को मुख्य उद्देश्य उपभोक्ता अधिकारसँग सम्बन्धित नीति निर्माण गर्नुका साथै यस ऐनअनुसार आवश्यक समन्वय, निर्देशन र अनुगमनका कार्य अघि बढाउनु हो।

    कानुनी प्रावधानअनुसार परिषद्को अध्यक्ष उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रहनेछन्। परिषद्मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवहरू सदस्य रहने व्यवस्था छ। साथै निजी क्षेत्र र उद्योग–व्यवसायको प्रतिनिधित्व सुनिश्चित गर्न नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ र नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघका अध्यक्षहरू पनि परिषद्का सदस्य रहनेछन्।

    उपभोक्ता हकहितसँग सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव भएका व्यक्तिहरूमध्येबाट कम्तीमा एक जना महिला सहित दुई जना सदस्य मन्त्रालयले मनोनयन गर्ने व्यवस्था गरिएको छ। यस्ता मनोनीत सदस्यको पदावधि दुई वर्षको हुनेछ र एक पटक पुनः मनोनयन हुन सक्ने प्रावधान राखिएको छ। परिषद्को प्रशासनिक कार्य सञ्चालनका लागि सम्बन्धित विभागका महानिर्देशक सदस्य सचिव रहने व्यवस्था छ।

    यदि कुनै सदस्यले उपभोक्ताको हकहितविरुद्ध कार्य गरेमा वा परिषद्को कर्तव्य र अधिकार विपरीत आचरण देखाएमा मन्त्रालयले जुनसुकै समयमा त्यस्तो सदस्यलाई पदबाट हटाउन सक्ने व्यवस्था पनि कानुनमा स्पष्ट रूपमा उल्लेख गरिएको छ। यस व्यवस्थाबाट उपभोक्ता संरक्षणलाई संस्थागत, पारदर्शी र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

  • #BusinessCompliance
  • #ConsumerProtection
  • #ConsumerRights
  • #CorporateResponsibility
  • #FairMarket
  • #GovernmentOversight
  • #LegalEnforcement
  • #MarketRegulation
  • #RegulatoryAuthorities
  • #TradeEthics
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    अमेरिकी दूतावासका कर्मचारी र परिवारलाई सुरक्षा कारण, पाकिस्तान छोड्न निर्देशन
    ४९ मिनेट अघि

  • २

    मतदान सुरक्षा र व्यवस्थापनबारे आयोगले पत्रकार सम्मेलन गर्दै
    १ घण्टा अघि

  • ३

    सर्वोच्च नेताको निधनपछि मोज्तबा खामेनी उत्तराधिकारी
    १ घण्टा अघि

  • ४

    निर्वाचन सुरक्षाबारे राष्ट्रिय सुरक्षा परिषद्को बैठक ३ बजे बस्ने
    १ घण्टा अघि

  • ५

    सार्वजनिक खरिदमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न पहल आवश्यक
    २ घण्टा अघि

  • ६

    निर्वाचन लक्षित हिंसात्मक गतिविधि,शङ्कास्पद वस्तु नियन्त्रण,देशभर १७६जना भन्दा बढी पक्राउ
    ४ घण्टा अघि

  • ७

    राष्ट्रिय सतर्कता केन्द्रको उजुरी व्यवस्थापन र प्राविधिक परीक्षण मूल्याङ्कन
    ८ घण्टा अघि

  • ८

    कालोसूचीमा राखिएका फर्म र अदालतको अन्तरिम आदेश
    १ दिन अघि

  • ९

    हेल्लो सरकारमार्फत गुनासो संख्यामा वृद्धि, अनुगमन कमजोर देखियो
    १ दिन अघि

  • १०

    नागरिक लगानी कोष र एक्सेल डेभलपमेन्ट बैंकबीच व्यवस्थापन समझदारी
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    मेला–प्रदर्शनीको नाममा भन्सार छल: अस्थायी पैठारी स्थायी खपतमा रूपान्तर

    नेपाल नक्सा
    २

    सरकारी संस्थानमा अर्थ मन्त्रालयको सहमतिबिना निर्णय

    नेपाल नक्सा
    ३

    हवाई सेवामा कर असुलमा गम्भीर बेवास्ता: १३ अन्तर्राष्ट्रिय एयरलाइन्सले दाखिला नगरेको कर रु. २ अर्ब ३१ करोड

    नेपाल नक्सा
    ४

    बीबीसी डकुमेन्ट्री छानविन आयोग र निर्वाचन पुर्व सन्ध्यामा आउनु चलखेल

    नेपाल नक्सा
    ५

    खाली बैंक खाता, भरिएको आशा: अनुगमनको अभावले खाएको बजेट

    नेपाल नक्सा
    ६

    आगामी बजेट निर्माणका लागि अर्थ मन्त्रालयले गठन गर्‍यो राजस्व परामर्श समिति

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution