
काठमाडौं, असोज ३ | संविधान दिवस नेपाली जनताको साझा दिवस भएको नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बताए । ‘यो एउटा जाति विशेषको दिवस होइन, यो एउटा भूगोल विशेषको दिवस नभएर आम नेपालीको साझा दिवस भएको बताए ।
संविधान दिवसको अवसरमा काठमाडौंको नक्सालस्थित नारायण चौरमा आज बिहान आयोजित राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधान दिवस नेपाली जनताको साझा र सिंगो राष्ट्रको राष्ट्रिय दिवस भएको बताएका हुन्।
उनले जनताको एकता, उन्नतिका लागि विभाजनकारी प्रवृत्ति, जनतामा खटपट ल्याउने प्रवृत्ति, राष्ट्रिय एकतामा खलल पुर्याउने प्रवृत्ति, क्षेत्रीय, साम्प्रदायिक, जातीयतावादी अथवा विभिन्न आस्थाका नाममा गरिएका उश्रृंखल खालका क्रियाकलापहरू राष्ट्रिय एकताको पक्षमा नरहेको बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे