
काठमाडौँ, कात्तिक २१ । सत्तारूढ दल नेपाली कांग्रेसको स्थानीय तह उपनिर्वाचन तयारीका लागि केन्द्रीय संयोजन समितिले आज बैठक बोलाएको छ। समितिका सदस्य जीवन परियारका अनुसार, दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा बैठक आयोजना गरिएको हो। यस समितिको नेतृत्व पार्टी महामन्त्री विश्वप्रकाश शर्माले गर्दैछन्।
सहमहामन्त्री परियारका अनुसार, बैठकमा आगामी स्थानीय तह उपनिर्वाचन हुने वडा र पालिकाहरूको स्थिति विश्लेषण गर्दै, भावी रणनीति तय गर्ने योजना छ। मङ्सिर १६ गते स्थानीय तहको उपनिर्वाचन मिति तय भइसकेको छ र सबै दलहरूले तयारी तीव्र पारेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे