
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्न लागेको छ। बैठक दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा हुने जानकारी दिइएको छ। बैठकमा पार्टीका शीर्ष नेता, केन्द्रीय सदस्य र प्रदेश सभापतिहरू सहभागी हुनेछन्। सभापति गगन थापा पनि बैठकमा सहभागी हुने बताइएको छ।
यसअघि सभापति थापाले दिएको राजीनामा केन्द्रीय समितिले अस्वीकार गरिसकेको छ, त्यसैले उनी अहिले पनि जिम्मेवारीमै रहेका छन्। आजको बैठकमा विशेषगरी पार्टीको आगामी महाधिवेशनबारे छलफल हुने छ। पहिले वैशाखमा गर्ने भनिएको महाधिवेशन समय अभावका कारण सारेर असोजमा गर्ने तयारी भइरहेको छ।
यस विषयमा अन्तिम निर्णय लिन र पार्टीको आगामी कार्ययोजना तय गर्न आजको बैठक महत्वपूर्ण मानिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे