
काठमाडौं,असार ७ । पार्टी खुलेको छ महिना नबित्दै संसद्मा चौँथो दल बनेर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापनाको दुई वर्ष पूरा भएको छ । रास्वपाले पार्टीको दोश्रो स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछ ।
दिवसको सन्दर्भमा दिउँसो ११ बजे केन्द्रीय कमिटीको बैठक बोलाएको छ भने दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म चियापान कार्यक्रम आयोजना गरेको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।
उनका अनुसार केन्द्रीय कमिटी बैठकमा स्थापना दिवसको सन्दर्भमा पार्टी निर्माणबारे गम्भीर आत्मसमीक्षा हुनेछ भने शुभकामना आदान प्रदान समेत हुनेछ ।
रास्पवाले चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख राजनीतिक दल, मन्त्रीहरु, सांसद, उच्च पदस्थ कर्मचारी, सुरक्षा निकायका प्रमुख र शुभेच्छुकहरुलाई आमन्त्रण गरेको छ ।
सञ्चारकर्मीकारुपमा सामाजिक ख्याति कमाएका रवि लामिछानेले आफू राजनीति लागेर देश र जनताको समृद्धिका लागि काम गर्ने भन्दै २०७९ असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना गर्ने घोषणा गरेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे