
काठमाडौं , २२ चैत | वैशाख १० गते हुने उपनिर्वाचनका लागि दर्ता गराएका उम्मेदवारविरुद्ध परेका उजुरीको आज (बुधबार) छानबिन हुने र परेका उजुरीको छानबिन गरी आजै साँझ निर्णय गरिने आयोगले जनाएको छ । आयोगले मङ्गलबार उजुरी आह्वान गरेको थियो । उम्मेदवारविरुद्ध मङगलबार परेका उजुरीको छानबिन गरी आजै साँझ निर्णय गरिने आयोगले जनाएको छ ।यसैगरी, उम्मेदवारी फिर्ता लिनका लागि चैत २३ गते सम्मको समय तोकिएको छ । आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न पनि चैत २३ गते नै दिने बताएको छ ।
रिक्त भएका तीन प्रतिनिधि सभा सदस्य पदका लागि वैशाख १० मा उपनिर्वाचन हुँदैछ। रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि खाली रहेको तनहुँ क्षेत्र नम्बर १, रामसहाय यादव उपराष्ट्रपति निर्वाचित भएपछि खालीरहेको बारा क्षेत्र नम्बर २ , रवि लामिछानेको सांसद पद गएपछि खाली रहेको चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे