
काठमाण्डौ,०१ चैत । सुनको अवैध आयात (तस्करी) नियन्त्रणसम्बन्धी छानबिन आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष डिल्लीराज आचार्यले आज उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएका हुन् ।
प्रतिवेदन बुझेपछि गृहमन्त्री लामिछानेले प्रतिवेदनमा प्रस्तुत गरिएका सिफारिसहरू कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने, “जिम्मेवारहरूले कानुनी नतिजाको सामना गर्नेछन्, र प्रस्तावित सुधारहरू लागू गरिनेछ।” उपप्रधानमन्त्री लामिछानेले कुनै पनि प्रकारको असुरक्षा देखाउने समूह र व्यक्तिविरुद्ध निर्णायक कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले यसअघि उन्मुक्ति दिन सहयोग गर्नेलाई पनि कानुनी दायराभित्र रहेर जवाफदेही बनाइने बताए ।
सरकारले सुनको अवैध आयात (तस्करी) को मुद्दा सम्बोधन गर्न २०८० कात्तिक १५ गते छानबिन आयोग गठन गरेको थियो ।
पूर्वन्यायाधीश आचार्यको अध्यक्षतामा रहेको आयोगको सदस्यमा सहकुलबहादुर थापा, किशोरजुङ कार्की र प्रेमराज जोशीलाई नियुक्त गरेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे