
काठमाडौँ । सिटी एक्सप्रेस मनि ट्रान्सफरले यस वर्षको दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै नयाँ उपहार योजना सार्वजनिक गरेको छ।“यो दसैँ तिहारमा सिटी एक्सप्रेसको साथ, हरेक हप्ता १ लाख” भन्ने नारासहित सुरु गरिएको यो योजना
लगातार ९ हप्तासम्म सञ्चालन हुनेछ।
कम्पनीका अनुसार यस योजनाअन्तर्गत हरेक हप्तामा लक्की ड्रमार्फत एक जनाले नगद १ लाख रुपैयाँ जित्ने अवसर पाउनेछन्।साथै, दैनिक रूपमा सिटी पे वालेट प्रयोग गर्ने ग्राहकले क्यासब्याक सुविधा प्राप्त गर्ने व्यवस्था गरिएको छ।
अफर भदौ १६ देखि कार्तिक १५ गतेसम्म लागू हुनेछ।
उपहार योजनाको घोषणा कार्यक्रममा चर्चित हास्य कलाकार तथा कम्पनीका ब्रान्ड एम्बासडर जितु नेपाल पनि उपस्थित थिए। कम्पनीले विजेताको छनोट विद्युतीय प्रणालीद्वारा पारदर्शी रूपमा गर्ने जनाएको छ। साथै, योजना कर्मचारीहरूलाई लागू नहुने स्पष्ट गरिएको छ।
सिटी एक्सप्रेस मनि ट्रान्सफरले विगत १९ वर्षदेखि संसारभरका नेपालीलाई रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ। हालसालै कम्पनीले ‘सिटी पे’ डिजिटल वालेटमार्फत अनलाइन भुक्तानी र रेमिट्यान्स भुक्तानी सेवा सुरु गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे