
काठमाडौं, । राष्ट्रिय वाणिज्य बैंकले देशभरका कृषि उद्यम तथा किसानलाई लक्षित गर्दै ‘७ प्रदेश, ७ उत्पादन’ नामक विशेष कृषि कर्जा योजना सञ्चालन लागु गदै आएको छ।
बैंकका अनुसार, सातवटै प्रदेशमा छुट्टाछुट्टै विशिष्ट कृषि उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले ल्याइएको यस योजनामार्फत् रु. ५ करोडसम्मको कृषि कर्जा प्रदान गरिनेछ। कर्जाका लागि ब्याजदर आधार दरमा केवल ०.५ प्रतिशत थप मात्र हुनेछ, जसले कर्जाग्राहीलाई थप राहत दिने अपेक्षा गरिएको छ।
कर्जाको अवधि अधिकतम १० वर्षसम्म कायम गरिएको छ भने प्रोसेसिङ शुल्क न्यूनतम ०.१ प्रतिशत मात्र तोकिएको छ। यसले किसान, कृषि उद्यमी तथा व्यवसायीहरूलाई सस्तो ब्याजदर, न्यून शुल्क र सहज प्रक्रियामार्फत् उत्पादन विस्तार गर्न टेवा पुर्याउने बैंकको भनाइ छ।
‘७ प्रदेश, ७ उत्पादन’ योजना अन्तर्गत प्रत्येक प्रदेशको भौगोलिक, मौसमीय र कृषि सम्भाव्यता हेरेर विभिन्न उत्पादनमा लगानी प्रवाह गरिनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे