
काठमाण्डौ। नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एक सूचना प्रकाशित गरी सुन आयात तथा बिक्री वितरण सम्बन्धमा गठित कार्यविधिको दफा १४ अनुसार सुन व्यवसायी सिफारिस गर्ने संघ/महासंघले कुनै प्रकारको दस्तुर वा शुल्क लिन नपाइने व्यवस्था स्मरण गराएको छ।
राष्ट्र बैंकले जनाएको अनुसार, “सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०६८” हाल कायम रहेको छ र सो कार्यविधिको दफा १४ मा स्पष्ट रूपमा सिफारिस दस्तुर निषेध गरिएको छ।
सुन खरिदका लागि वाणिज्य बैंकमार्फत सिफारिस गरिने प्रक्रियामा व्यवसायीहरूबाट शुल्क लिने कार्य गैरकानुनी भएको भन्दै राष्ट्र बैंकले उक्त व्यवस्था पालन गर्न सम्बन्धित संघ/महासंघ र व्यवसायीहरूलाई आग्रह गरेको छ।
उक्त सूचना विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र कार्यविधिको दफा १४ मा राष्ट्र बैंकलाई प्रदान गरिएको अधिकार प्रयोग गरी प्रकाशित गरिएको बताइएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे