
काठमाडौँ , १७ वैशाख । हाल देशभर पश्चिमी तथा स्थानीय वायु प्रणाली सक्रिय रहेको छ भने बङ्गालको खाडीबाट समेत जलवाष्पयुक्त हावा प्रवेश गरिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य भू–भागमा आंशिक बदलीको अवस्था रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै, पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। लुम्बिनी प्रदेशको तराई क्षेत्रका केही स्थानमा हुरीसमेत चल्न सक्ने जनाइएको छ।
आज रातिको मौसमबारे महाशाखाले जानकारी दिँदै पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी स्थानमा मौसम सफा रहने उल्लेख गरेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, ती प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे