
काठमाडौँ — आजदेखि मुलुकमा नगद कारोबारको शैलीमा कडाइ गरिएको छ। सरकारले ५ लाख रुपैयाँभन्दा बढीको कुनै पनि कारोबार अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत मात्र गर्नुपर्ने नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो। यससँगै ठूलो मूल्यका वस्तु तथा सेवाको खरिद–बिक्रीमा नगद भुक्तानी गर्न नपाइने भएको छ।
नगद कारोबार नियन्त्रणसम्बन्धी यो निर्णय गत मङ्सिर १६ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको थियो। अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्बाट पारित उक्त निर्णय राजपत्रमा प्रकाशित भएसँगै आजदेखि औपचारिक रूपमा लागू भएको हो। सरकारको भनाइमा यस कदमले पारदर्शिता बढाउन, कर छली रोक्न र आर्थिक अनुशासन कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यसअघि सरकारले एक दशकअघिदेखि नै नगद कारोबारमा क्रमशः सीमा तोक्दै आएको थियो। २०७३ चैत १० गते राजपत्रमा सूचना प्रकाशित गरी पहिलो पटक नगद कारोबारको सीमा १० लाख रुपैयाँ तोकिएको थियो, जुन व्यवस्था २०७४ साउन १ गतेदेखि कार्यान्वयनमा आएको थियो। सोही प्रावधानअनुसार हिजोसम्म १० लाख रुपैयाँसम्म नगद कारोबार गर्न पाइन्थ्यो। तर, आजदेखि उक्त सीमा घटाएर ५ लाख रुपैयाँमा सीमित गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे