
मकवानपुर- बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले आज मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ। नेपाली कांग्रेसका पाँच जना मन्त्रीले राजीनामा दिएपछि खाली भएका पाँच मन्त्रालयमध्ये तीन मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गरिएको हो।
मुख्यमन्त्री लामाले नेपाल टेलिभिजनलाई जानकारी दिँदै गोबिन्द लम्साललाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको बताए। साथै, सांसद माया श्रेष्ठ र गिता गुरुङलाई पनि मन्त्री नियुक्त गरिएको छ, तर उनीहरूको मन्त्रालय भने अझै तोकिएको छैन।
प्रदेश प्रमुखको कार्यालयका अनुसार नयाँ मन्त्रीहरूले आजै पद तथा गोपनीयताको सपथ लिने कार्यक्रम तय गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे