
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवार बालेन्द्र शाह (बालेन) ले राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना दिँदै भ्रष्टाचारविरुद्ध कडा सन्देश दिएका छन्।
आइतबार पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उनले घुस लिने र घुस दिने दुवै व्यक्ति देशका शत्रु भएको बताएका हुन्। बालेनले छोटो तर स्पष्ट सन्देश लेख्दै भ्रष्टाचारले देशलाई कमजोर बनाउने भन्दै यस्तो गलत काम गर्ने जो कोही राष्ट्रविरोधी भएको उल्लेख गरेका छन्।
उनको सन्देशमा देशमा एकता, इमान्दारिता र सुशासन आवश्यक रहेको भाव झल्किन्छ। राष्ट्रिय एकता दिवसजस्तो अवसरमा उनले राष्ट्रनिर्माणमा सबै नागरिकले जिम्मेवार भूमिका खेल्नुपर्ने संकेत पनि दिएका छन्।
बालेन शाहले यसअघि पनि सामाजिक सञ्जालमार्फत भ्रष्टाचार, अनियमितता र गलत कामको खुलेर आलोचना गर्दै आएका छन्। राष्ट्रिय एकता दिवसको अवसरमा आएको उनको यो अभिव्यक्तिलाई धेरैले सकारात्मक रूपमा लिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे