
काठमाडौं । अटोमोटिभ टेक्नोलोजीमा विश्वभर चर्चित जर्मन कम्पनी बोशले नेपालमा ‘हाम्रो बोश’ नामक डिजिटल लोयल्टी कार्यक्रम सुरु गरेको छ। नेपालका लागि बोशका आधिकारिक वितरक सत्यदिप इन्टरनेश्नलसँग सहकार्य गर्दै कम्पनीले सोमबार आयोजित एक कार्यक्रममार्फत यसबारे जानकारी गराएको हो।
नेपालका स्थानीय मेकानिक्सलाई लक्षित गरी सुरु गरिएको यस कार्यक्रमले बोश ब्रान्डका स्पेयर पार्ट्सको बजार विस्तारमा उल्लेखनीय योगदान पुर्याउने विश्वास लिइएको छ। कार्यक्रममा स्थानीय वितरक, मेकानिक्स तथा बोश भारतका विशिष्ट व्यक्तिहरू समेत गरी १५० भन्दा बढीको उपस्थिति रहेको थियो।
‘हाम्रो बोश’ कार्यक्रम विशेष रूपमा बोश प्लेटफर्ममा दर्ता भएका मेकानिक्सहरूका लागि तयार पारिएको छ। उक्त एपमार्फत सहभागीहरूले बोशका अटोमोटिभ पार्टपुर्जाहरूको खरिदमा पोइन्ट सङ्कलन, ट्रयाकिङ र रिडिम गर्न सहज अनुभव प्राप्त गर्नेछन्। बोश मोबिलिटी अफ्टर मार्केट भारतकी क्षेत्रीय अध्यक्ष तथा सार्क प्रमुख रिथी सेठीले नेपाललाई अटोमोटिभ आफ्टर मार्केटका लागि महत्त्वपूर्ण बजारका रूपमा उल्लेख गर्दै कार्यक्रमले स्थानीय ग्यारेजहरूमा ओरिजिनल पार्टपुर्जाको प्रयोग बढाउने विश्वास व्यक्त गरिन्।
बोश नेपालका कन्ट्री म्यानेजर सन्दीप कामतले नेपालमा नयाँ प्रविधि र उन्नत उत्पादनहरू ल्याउने काममा बोश अग्रणी रहेको बताए। उनले भने, ‘हाम्रो बोशले बोश र ग्राहकबीचको सम्बन्ध र विश्वासलाई मजबुत पार्नेछ।’
सत्यदिप इन्टरनेश्नलका प्रबन्ध निर्देशक दिपेन्द्र मिश्रले दुई दशकभन्दा बढी समयदेखि नेपाली बजारमा बोशसँग सहकार्य गर्न पाएकोमा गर्व व्यक्त गर्दै ‘हाम्रो बोश’ कार्यक्रमले मेकानिक्सहरूलाई डिजिटल प्रविधिमा जोड्ने अवसर प्रदान गर्ने बताए। साथै, कम्पनीको सशक्त वितरण सञ्जालले बोश ब्रान्डलाई अझ सुदृढ बनाउने विश्वाससमेत व्यक्त गरे।
अटोमोटिभ क्षेत्रका अतिरिक्त बोशले पावर टूल्स, भवन प्रविधि र होम अप्लायन्सेस क्षेत्रमा समेत नवीन उत्पादनहरू विश्वभरि आपूर्ति गर्दै आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे