
काठमाडौँ । दमक नगरपालिका–१० मा रहेको एक कुखुरा फार्ममा बर्डफ्लु संक्रमण देखिएपछि स्थानीय प्रशासन सतर्क भएको छ। जिल्ला प्रशासन कार्यालय झापाले उक्त क्षेत्रलाई संकटग्रस्त घोषणा गर्दै विशेष सावधानी अपनाउन निर्देशन दिएको छ।
प्रशासनका अनुसार संक्रमण फैलिन नदिन फार्म वरिपरि २० मिटर क्षेत्रलाई प्रतिबन्धित बनाइएको छ, जहाँ पशु प्राविधिक बाहेक अन्य व्यक्तिलाई जान नदिइनेछ। साथै, कुखुरा, अण्डा र अन्य पन्छीजन्य सामग्री ओसारपसार पनि पूर्ण रूपमा रोकिएको छ। बर्डफ्लु संक्रमण पुष्टि भएपछि फार्ममा रहेका करिब २० हजार र नजिकैको अर्को फार्मका ५ हजार गरी झण्डै २५ हजार कुखुरा नष्ट गर्न थालिएको छ। फार्मका सञ्चालक देवेन्द्र प्रसाईका अनुसार अचानक धेरै कुखुरा मर्न थालेपछि परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे