
काठमाडौँ, ११ फागुन ।साउदर्न क्रस युनिभर्सिटी र प्रोफेशनल एजुकेशन कन्सल्टेन्सीको संयुक्त आयोजनामा तेस्रो खुल्ला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
प्रोफेशनल एजुकेशन कन्सल्टेन्सीका प्रोग्राम डाइरेक्टर राजु सिंहले पत्रकार सम्मेलन मार्फत तेस्रो खुल्ला बास्केटबल प्रतियोगिता २०२३ फेब्रुअरी २४ गते बिहान ७ बजेदेखि विशाल मिलन केन्द्र, चण्डोलमा आयोजना गर्ने बताउनु भयो।
तेस्रो खुल्ला बास्केटबल प्रतियोगितामा १९ वर्षमुनिका केटा र केटीले भाग लिन पाउने छन्।
अष्ट्रेलियाको गोल्ड कोस्ट, कफस हार्बर र लिस्मोरमा आफ्नो क्याम्पस रहेको साउदर्न क्रस युनिभर्सिटीले नेपालका युवाहरूको शारीरिक र मानसिक स्वास्थ्यलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्ने गरेको हो।
यो प्रतियोगिताको तेस्रो संस्करण हो र यस पटक फिफा नियम अनुसार ३X३ ढाँचामा आधारित हुने प्रतियोगितामा विभिन्न विद्यालय, कलेज र स्थानीय खेलकुद टोलीका १९ वर्ष मुनिका केटा र केटीले भाग लिनेछन् ।
प्रतियोगितामा केटाका १२ र केटीका ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । आजको स्वस्थ युवा नै स्वस्थ समाज र राष्ट्रको विकासको आधार हो ।
प्रोफेशनल एजुकेशन कन्सल्टेन्सीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न वर्गलाई शिक्षित गर्न र युवाको मानसिक तथा शारीरिक उत्थानका लागि विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आएको छ ।
साउदर्न क्रस युनिभर्सिटीले अष्ट्रेलियाको गोल्ड कोस्ट, लिस्मोर र कफस हार्बरमा रहेका आफ्ना तीन क्याम्पस स्थानहरूमा विभिन्न स्नातक र स्नातकोत्तर कार्यक्रमहरूमा नेपाली विद्यार्थीहरूले राम्रो अध्ययन गरीरहेको साउदर्न क्रस युनिभर्सिटीकी कन्ट्री रिप्रिजेन्टेटिभ शुभी प्रधानले पत्रकार सम्मेलनमा जानकारी गराउँदै थप नेपाली युवाहरुलाई गुणस्तरीय ज्ञान र सीप दक्षता प्रदान गर्नुका साथै नेपाली युवाहरुको सर्वाङ्गीण विकासका लागि नेपालमा खेलकुदको प्रवद्र्धनमा सक्रियताका साथ काम गरिरहेको समेत जानकारी गराउनुभयो।
खुल्ला बास्केटबल प्रतियोगितामा प्रोफेशनल एजुकेशन कन्सल्टेन्सी र साउदर्न क्रस युनिभर्सिटीको तर्फबाट बिभिन्न नगद, सिल्ड तथा प्रमाणपत्र प्राप्त गर्न छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे