
काठमाडौँ , माघ २ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रपति कार्यालयबाट जारी भएको भूमि सम्बन्धी अध्यादेशमाथि कटाक्ष गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले केहीबेरअघि भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ जारी गरेका थिए ।
बालेन्द्र साहले संघीय सरकारलाई ब्यंग्य गरेका छन् । बुधबार सामाजिक सञ्जालमा अभिव्यक्ति सार्वजनिक गर्दै मेयर बालेन संघीय सरकारको आलोचना गरेका हुन् । मेयर शाहले आफ्नो फेसबुकमार्फत लेखेका छन्, ‘अब खोला मात्र हैन टुँडिखेल, खुलामञ्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ । बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई ।’

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे