
काठमाडौँ, १३ मंसिर । मलेसियाको आजियाटा समूहले एनसेलको शेयर बेचेर बाहिरिने निर्णय गरेको छ । व्यावसायिक चुनौती बढेको भन्दै आजियाटा बर्हार्डले नेपालबाट बाहिरिने घोषणा गरेको हो ।
आजियाटाको सञ्चालक समितिले नेपालको लगानी बिक्री गरेर फिर्ता हुने प्रस्तावलाई अनुमोदन गरिसकेको आजियाटाको पछिल्लो त्रैमासिक प्रतिवेदनमा उल्लेख छ।
आजियाटाले बुधबार एक विज्ञप्ति जारी गर्दै यसको सम्पत्ति बिक्रीमा राखेको जनाएको छ । एनसेलमा आजियाटा ग्रुप बर्हाडको ८० प्रतिशत सेयर स्वामित्व छ । बाँकी २० प्रतिशत सेयर भने सुनिभेरा क्यापिटल भेन्चर प्रालिको छ ।
यसअघि पनि स्विडिस कम्पनी टेलिया सोनेराले कम्पनीको सेयर बिक्री गरेको थियो । त्यसबेला आजियाटाले सेयर किनेको थियो । सेयर किनेको ७ बर्षपछि आजियाटा पनि बाहिरिने निष्कर्षमा पुगेको हो ।
पछिल्लो समयमा एनसेलको व्यवसाय लगातार घटिरहेको कम्पनीले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे