
काठमाण्डौ।सार्वजनिक सम्पत्तिको हानि-नोक्सानीसम्बन्धी मुद्दामा १३० जना प्रतिवादी संलग्न भएको विवरण सार्वजनिक गरिएको छ।
सार्वजनिक प्रतिवेदनअनुसार, मुद्दामा संलग्न प्रतिनावीहरूको वर्गीकरण निम्न प्रकारको छ: सहायक कर्मचारी २ जना, मतियार वा विचौलिया ३७ जना, शाखा अधिकृत वा सो सरहका कर्मचारी १४ जना, जनप्रतिनिधि १९ जना, र मनोनीत उपभोक्ता तथा व्यवस्थापन समितिका ५० जना पदाधिकारी। यस्तै, उपसचिव वा सो सरहका ६ जना कर्मचारी पनि मुद्दामा मुछिएका छन्।
यसैगरी, प्रतिवादीहरूमध्ये १ जना प्रदेश मन्त्री, १९ जना स्थानीय तहका जनप्रतिनिधि, ६ जना राजनीतिक नियुक्त प्राप्त व्यक्ति, ५ जना विशिष्ट श्रेणीका कर्मचारी र कुल १३० जना राष्ट्रसेवक कर्मचारी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
यो विवरणले सार्वजनिक सम्पत्तिको हानि-नोक्सानीसम्बन्धी मुद्दामा उच्चस्तरीय संलग्नता देखाएको छ, जसले सरोकारवालाहरूलाई गहिरो समीक्षा गर्न प्रेरित गरेको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे