
काठमाडौँ , २७ मंसिर | एशियन हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० अङ्कित दरमा चार लाख २४ हजार कित्ता शेयर प्राथमिक सेयर निष्कासन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई निष्कासन गर्ने शेयरमध्ये ४० प्रतिशत ,वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशत शेयर छुट्याएको छ । अति प्रभावित क्षेत्र इलामको इलाम नगरपालिका–१०, माई जोगमाई गाउँपालिका ३ र ४ तथा सूर्योदय नगरपालिका –११ का स्थानीय बासिन्दाका लागि ४० प्रतिशत अर्थात एक लाख ३६ हजार कित्ता शेयर छुट्याइएको छ ।
६० प्रतिशत शेयर इलामको अन्य क्षेत्रमा बसोबास गर्नेका लागि खुला गरेको छ ।वैदेशिक रोजगारीमा रहेका नेपालीले पुस १२ गतेसम्म र आयोजना प्रभावित स्थानीयले पुस २७ गतेसम्म खरिदका लागि आवेदन दिन सक्नेछन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे