जाजरकोट,६ असोज | कर्तव्य ज्यान मुद्दामा वारदात पछि फरार रहेका नलगाड नगरपालिका-५ ऐरारी बस्ने मोहित भन्ने ३९ वर्षीय ईन्द्र बहादुर शाहीलाई १ थान ग्रिनेट, १ थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोली सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईन्द्र बहादुर समेत भएको कर्तव्य ज्यान मुद्दामा २०७३ चैत १५ गतेदेखि भागी फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरीले नलगाड नगरपालिका-५ ऐरारीमा उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे