
धनुषा , वैशाख १२ । जनकपुर उपमहानगरपालिका-२३ स्थित बसपार्कबाट १ हजार दरको ४ सय ९२ थान र ५ सय दरको ५ सय ५९ थान नक्कली नेपाली नोटसहित बिदेह नगरपालिका-६ बस्ने २५ वर्षीया अनु कुमारी साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जिरोमाईलबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनको साथबाट सक्कली नगद १० हजार ५ सय नेपाली रूपैयाँ र १ सय ६० भारतीय रूपैयाँ समेत बरामद गरेको छ ।
महोत्तरी, मटिहानी नगरपालिका-८ स्थित दसगजा नजिकबाट एक हजारको दरको १ थान नक्कली नोटसहित धनुषा मुखियापट्टी मुसर्निया गाउँपालिका-१ बस्ने १८ वर्षीय किशोरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे