डोटी, २० असोज | २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जोरायल गाउँपालिका-२ डाँडाखाली बस्ने ७७ वर्षीय श्रीधर भण्डारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
श्रीधरले ती महिलालाई ललाई फकाई घर नजिकैको सामुदायिक वनमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुडरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे