
कास्की , १ पुस | कास्की, बृद्धा महिलाहरूलाई ललाई फकाई २७ लाख २ हजार ५८ रूपैयाँ मूल्य बराबरको सुनका गहना चोरी गरेको अभियोगमा पर्वत मोदी गाउँपालिका-६ घर भई कास्की पोखरा महानगरपालिका-४ गणेश टोल बस्ने ३४ वर्षीया टीका श्रेष्ठलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पोखरा बजारका विभिन्न स्थानका घरमा परिवारका सदस्यहरू नभएको मौका पारी बृद्धा महिलालाई ललाई फकाई गरी भुलाई बृद्धाहरूले घाँटी तथा कानमा लगाएका र घर कोठामा राखेका विभिन्न गहना र नगद रुपैयाँहरू चोरी गरेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय राम बजारबाट खटिएको प्रहरीले चोरी कार्यमा संलग्न श्रेष्ठलाई चोरी भएका धनमाल मध्ये तिलहरि १ थान, औंठी १ थान, फूली १ थान, सिक्री, वाला, औँठी, मोबाइलको साथै चोरी गर्दा लगाएको कपडा सहित पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धि मुद्दामा ५ दिन म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे