
सुर्खेत ,२१ मंसिर | सुर्खेत, आफ्नै श्रीमती ३० वर्षीया मिना आले मगरलाई धारिलो हतियार हँसिया प्रहार गरी हत्या गरेको अभियोगमा पञ्चपुरी नगरपालिका-३ तोक्मा बस्ने ३८ वर्षीय अम्मर बहादुर आले मगरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
घरायसी वादविवादमा अम्मर बहादुरले हँसिया प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सालकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे