
काठमाडौँ, जेठ २० । सुनसरीबाट सशस्त्र प्रहरीले एक करोड एक लाख रुपियाँ बरामद गरेको छ । सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले शनिबार राती हुन्डिको आशंकामा एक करोड एक लाख नगदसहित एक जनालाई पक्राउ गरेको जानकारी दिए ।पक्राउ पर्नेमा सुनसरी जिल्ला हरिनगर गाउँपालिका–५ बस्ने ईसा अन्सारी रहेका छन् । शनिबार राति सुनसरीको हरिनगर गाँउपालिका–५ दुर्गा मन्दिर स्थित सशस्त्र प्रहरीको चेकप्वाईन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जादैँ गरेको बा १६ च ७६१३ नम्बरको कारलाई शंका लागि चेकजाँच गर्दा कारभित्र बोरामा लुकाइछिपाइ राखेको सो रकम बरामद भएको हो ।
बरामद भएको रकममा १ हजार दरको नोट ९ हजार ७ सय थान ९९७ लाख ० र ५ सय दरको ८ सय थान ९४ लाख ) रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रहरीले रकमसँगै कार र चालक अन्सारीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहिका लागि रजास्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने तयारी भइरहेको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे