
काठमाडौं। राष्ट्रिय कृषि कम्पनी नेपालले सर्वसाधारणमा साधारण सेयर निष्कासन गर्न ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ।
यस सम्बन्धी सम्झौतामा कम्पनीका कार्यकारी अध्यक्ष विशाल हुमागाई र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइँटेलले हस्ताक्षर गरेका छन्।
२०८१ सालमा नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यावसायिकीकरण र कृषक सशक्तीकरण गर्ने उद्देश्यले स्थापना भएको कम्पनीले कृषिको ई–कमर्स र मार्केटप्लेस स्थापना गरी कृषक र उपभोक्तालाई प्रत्यक्ष जोड्ने, कृषि बजार सञ्चालन, शीतभण्डार सञ्चालन, डल्ले च्याउ उत्पादन, कम्पोस्ट उत्पादन, क्यानिङ उद्योग स्थापनाजस्ता कार्यहरूलाई प्राथमिकता दिँदै आएको छ। साथै, कृषि पर्यटनको अवधारणालाई अघि बढाउने योजनामा पनि कम्पनीले काम गरिरहेको छ।
भक्तपुरमा मुख्य कार्यालय रहेको कम्पनीको अधिकृत पुँजी ५० करोड रहेको छ भने जारी पुँजी २५ करोड छ। साधारण सेयर निष्कासनपछि कम्पनीले जारी पुँजी ५० करोड पुर्याउने लक्ष्य राखेको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे