
काठमाडौँ — ‘२५औँ सशस्त्र प्रहरी दिवस (रजत महोत्सव) २०८२’को अवसरमा सशस्त्र प्रहरी बल नेपालले पौष २० गतेदेखि झापा जिल्लाको मेची पुल र कञ्चनपुर जिल्लाको गड्डाचौकी सीमा क्षेत्रबाट एकसाथ ‘पूर्व–पश्चिम झण्डा मार्च कार्यक्रम’ सुरु गरेको छ। यस कार्यक्रमले पूर्वदेखि पश्चिमसम्म राष्ट्रिय सीमामा सुरक्षा सतर्कता र संस्थागत उपस्थिति सशक्त रूपमा प्रस्तुत गर्ने लक्ष्य लिएको छ।
सशस्त्र प्रहरी बल नेपालका अनुसार झण्डा मार्च कार्यक्रम सीमा सुरक्षाप्रतिको प्रतिबद्धता सार्वजनिक रूपमा अभिव्यक्त गर्नुका साथै संगठनभित्र आपसी समन्वय, अनुशासन र टोली भावनालाई थप सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको हो। कार्यक्रममार्फत सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीको मनोबल उच्च बनाउने र सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
यस अभियानको अर्को महत्वपूर्ण उद्देश्य सीमावर्ती क्षेत्रका नागरिक, स्थानीय तह तथा सरोकारवाला निकायसँग जनसम्पर्क, विश्वास र सहकार्यलाई अभिवृद्धि गर्नु रहेको छ। सशस्त्र प्रहरी बल नेपालले झण्डा मार्चले सीमा क्षेत्रको शान्ति, सुरक्षा र स्थायित्वमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे