
काठमाण्डौ। चीनका राजदूत चेन सांगले आफ्नो नेपालमा कार्यकालको समापन गर्दै यहाँका सबै प्रिय नेपाली मित्रहरू र सरकारप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो कार्यकालको स्मरण गर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलसँगको तस्वीर समेत साझा गरेका छन्। राजदूत चेनले नेपालमा बस्दाको आफ्नो अनुभव अत्यन्त सकारात्मक र मैत्रीपूर्ण भएको उल्लेख गर्दै, नेपाली मित्रता, सहयोग र समर्थनका लागि विशेष धन्यवाद व्यक्त गरेका छन्। उनले भने कि भविष्यमा पनि उनी नेपालका सच्चा मित्र र चीन–नेपाल सम्बन्धका सबल समर्थक रहिरहनेछन्। आफ्नो कार्यकालको अन्त्यमा उनले सबैलाई विदाई दिंदै, सदैव मित्रतापूर्ण सम्बन्ध कायम राख्ने प्रतिबद्धता व्यक्त गरे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे