
काठमाडौं, ११ वैशाख — अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) आगामी केही महिनाभित्र बन्द हुने भएको छ। अमेरिकी सरकारी दक्षता विभाग (डज), जसको नेतृत्व एलन मस्कले गरिरहेका छन्,ले खर्च कटौती नीति अन्तर्गत एमसीसी बन्द गर्ने निर्णय गरेको हो।
नेपालमा सडक र प्रसारण लाइनको निर्माण एमसीए नेपालमार्फत भइरहेको छ, तर परियोजना बन्द भएमा ती कार्य पनि प्रभावित हुनेछन्। डज विभागले मंगलबार सबै कर्मचारीलाई पठाएको इमेलमा एमसीसीका कार्यक्रमहरूमा ठूलो कटौती गरिने र कर्मचारी संख्यामा पनि कमी गरिने उल्लेख छ।
पोलिटिको डटकम र सीएनएनले उक्त इमेलको जानकारी पुष्टि गरेका छन्। एक कर्मचारीका अनुसार ९० दिनभित्र सबै कार्यक्रमहरू बन्द गरिनेछ। स्वैच्छिक अवकाश र राजीनामा विकल्प दिइएको छ भने केहीलाई मे ५ देखि बिदा दिन सकिने जनाइएको छ।
एमसीसी सन् २००४ मा अमेरिकी कंग्रेसद्वारा स्थापना गरिएको थियो र ५.४ अर्ब अमेरिकी डलरभन्दा बढीका परियोजना २० वटा विकासशील देशमा कार्यान्वयन हुँदै आएका छन्। पारदर्शी सहायता संस्था मानिने एमसीसीलाई केही आलोचकले अमेरिकी सैन्य रणनीतिको हिस्सा भनेर आलोचना पनि गर्ने गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे