
जनकपुर ।मधेस प्रदेश सरकारले आज आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ।
प्रदेश प्रमुख सुमित्रा भण्डारीले प्रदेशसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ।
यसपटकको नीति तथा कार्यक्रममा कृषिलाई विशेष प्राथमिकतामा राखिएको मधेस नीति आयोगका उपाध्यक्ष सोहनप्रसाद साहले जानकारी दिए। उनका अनुसार शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारी सिर्जनालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम तयार पारिएको छ।
“कृषिक्षेत्रलाई सबल बनाउँदै रोजगारीका अवसर सृजना गर्ने र सर्वसुलभ स्वास्थ्य तथा गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्ने रणनीति नीति तथा कार्यक्रममा समावेश गरिएको छ,” उपाध्यक्ष साहले बताए।
प्रदेश सरकारले नीति तथा कार्यक्रममार्फत प्रदेशको समग्र सामाजिक–आर्थिक विकासलाई गतिको मार्गमा लैजाने लक्ष्य लिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे