
काठमाडौँ , २४ जेठ | गाँजा खेतीबारे छलफल गर्न प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले गृहसहित चार जना मन्त्रीलाई बोलाएको छ।
समिति सचिवालयका अनुसार गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षमान पुन, कृषि तथा पशुपन्क्षी विकास मन्त्री ज्वालाकुमारी साह, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई आमन्त्रण गरिएको छ। यी मन्त्रालयका सचिव उपस्थित हुनेछन्।
यसैगरी कानुन, न्याय तथा संसदीय मामिला, उद्योग, वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव एवं विज्ञ सरोकारवाला व्यक्तित्व समेतको सहभागितामा छलफल हुने उपसचिव बरालले जानकारी दिए। आरजु राणा देउवा सभापति रहेको समितिको बैठक भोलि शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे