
काठमाडौँ , २५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले भोलि चैत २६ गते को जनसभा बल्खुमा गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बल्खु वा सिफलमा सभा गर्न भनेपछि सोहीअनुसार राप्रपाले बल्खुमा सभा गर्ने निर्णय गरेको हो । प्रशासनले सुरक्षा कारण देखाउँदै भृकुटीमण्डपमा कार्यक्रम गर्न अनुमति नदिएपछि राप्रपाले जनसभा बल्खुमा गर्न लागेको हो ।
नेपाल शिक्षक महासंघ लगायतले माइतीघर(बबरमहल क्षेत्रमा आन्दोलन जारी राखि रहेका छन् । नेपाल शिक्षक महासंघले विज्ञप्ति जारी गर्दै चैत २५ गतेदेखि देशभरका सबै विद्यालयहरु बन्द गरी शिक्षक–कर्मचारीलाई काठमाडौंको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन आग्रह गरेको हो । यसैगरि हडताल अवधिभर उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन पनि शिक्षकहरुलाई निर्देशन दिइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे