
काठमाडौं, १३ सेप्टेम्बर २०२४ – एडमिज एजुकेशन कन्क्लेव २०२४ को काठमाडौं अध्याय “मीट एन्ड ग्रीट” सत्रसँगै सफलतापूर्वक सम्पन्न भयो।
यस कार्यक्रममा आर.के. विश्वविद्यालय, भारतका उपकुलपति डा. अमित लठिगाराले सहभागीहरूलाई सम्बोधन गर्नुभएको थियो।
काठमाडौंको ठमेलस्थित यात्री सुइट्समा आयोजित उक्त कार्यक्रममा कोलोराडो स्टेट युनिभर्सिटीको सहयोग पनि रहेको थियो।
डा. लठिगाराले आर.के. विश्वविद्यालय, राजकोटको शैक्षिक अवसर र साझेदारीका सम्भावनाबारे महत्वपूर्ण जानकारीहरू प्रस्तुत गर्नुभयो।
उक्त कार्यक्रममा उपस्थित एजेन्टहरूलाई सम्बोधन गर्दै, डा. लठिगाराले विश्वविद्यालयको नेपालका शैक्षिक संस्थाहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो।
यो कार्यक्रमले सहभागीहरूलाई नेटवर्किङको अवसर पनि प्रदान गर्यो र विद्यार्थीहरूका लागि आर.के. विश्वविद्यालयमा पढ्न पाइने अवसरहरूको बारेमा जानकारी गरायो।
एडमिज एजुकेशनका निर्देशक ध्रुव साहले कार्यक्रममा उपस्थित सबै सहभागीहरूलाई धन्यवाद व्यक्त गर्दै भन्नुभयो, “हामी हाम्रो साझेदारहरू र नेपालका शैक्षिक समुदायको उत्साहजनक सहभागिताका लागि आभारी छौं।
काठमाडौं कार्यक्रमको सफलतासँगै बिराटनगर, जनकपुर, वीरगञ्ज र भैरहवामा पनि यस्तै कन्क्लेवहरू सफलतापूर्वक सम्पन्न भएका छन्, जसले अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यमा बढ्दो चासोलाई देखाउँछ।”
एडमिजन कन्क्लेव २०२४ ले नेपालको शैक्षिक प्रतिनिधिहरू र विश्वविद्यालयहरूबीचको सञ्जाल निर्माणमा महत्वपूर्ण भूमिका खेलेको छ र नेपाली विद्यार्थीहरूका लागि उच्च शिक्षाका अवसरहरूलाई अझ सशक्त बनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे